काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, गण्डकी , लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।