इरानको इस्फहान सहरमा रहेको सेनाको बेसमा ठूलो विष्फोट भएको छ।
इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबी र सरकारी समाचार एजेन्सी इआरएनएले आइतबार रक्षा मन्त्रालयको हतियार निर्माण केन्द्रमा विष्फोट भएको जनाएको छ।
तर केही समयपछि रक्षा मन्त्रालयले ‘माइक्रो ड्रोन’मार्फत् विस्फोट गराएको र ‘असफल हमला’ भएको बताएको छ।
विस्फोटमा अहिलेसम्म कुनै मानवीय क्षति नभएको एक सुरक्षा अधिकारीले जनाएका छन्।
इस्फहान सहर इरानको आणविक कार्यक्रमसँग सम्बन्धित छ र यहाँ युरेनियम प्रशोधन गर्ने गरिन्छ।
मन्त्रालयले यस हमलाबाट देशको प्रगतिमा बाधा पुग्न नसक्ने बताएको छ।