ललितपुर – नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक शुरु भएको छ । बैठक शनिवार ललितपुरको बालकुमारीमा शुरु भएको हो । आजबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा.वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

बैठक अवधिमा यी दुवै विषयहरुमा नेताहरुले छलफल गर्नेछन् । प्रतिवेदनमा पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here