एजेन्सी – टोटेनह्याम ‘एफए कप’ फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा प्रिस्टनलाई ३-० गोल अन्तरले हराउँदै टोटेनह्याम ‘एफए कप’ को पाँचौं चरणमा प्रवेश गरेको हो।

टोटेनह्यामको जितमा सन ह्युङ मिनले दुई गोल र अर्नोट डान्जुमाले एक गोल थपे।

सनले खेलको ५० औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती बनाएका थिए। ६९ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनह्यामलाई दोब्बर अग्रता दिलाए।

खेलको ८७ औं मिनेटमा डान्जुमाले गोल गर्दै टोटेनह्यामलाई ३-० को जित दिलाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here