काठमाडाैं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । आज साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाएका हुन् ।

सोमबार नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर दुई दल गठबन्धन गर्ने निर्णयमा पुगेका हुन् । दुबै पार्टीले प्रधानमन्त्री दाहाललाई सरकारबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले विश्वासको सामना गर्ने बताएका थिए ।

यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न बुधबारसम्मको समय दिएको थियो । पार्टीले दिएको समयभित्र प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकै बिच जेठ ७ गते चौथोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनको पक्षमा १५७ मत परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here