काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड बृद्धि र आंशिक तथा कक्षा ११ का आंशिक र ग्रेड बृद्धिको परीक्षा आवेदन फाराम खुला गरेको हो ।  आवेदन फाराम बुझाउने मिति यहि माघ मसान्तसम्म तोकिएको छ । विलम्ब शुल्क तिरेर फागुन १५ गतेसम्म फाराम भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फाराम शुल्क ६ सय रूपैयाँ तोकिएको छ ।

रजिष्ट्रेशन नम्बरका शुरूका दुई अंक ७२, ७३, ७४ र ७५ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मौका दिइने भएको छ ।  सम्बन्धित विद्यालयहरूले विद्यार्थीहरूले भरेको फाराम संकलन गरी रकम बुझाएको बैंक भौचर/डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाणसहित फाुगन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फारम बुझाउन अनुरोध गरिएको छ ।

कक्षा १२ को नियमित परीक्षार्थीको रूपमा आवेदन फाराम भर्ने विद्यार्थीहरूको हकमा २०७९ सालमा विद्यालय मार्फत लिइएको कक्षा ११ को सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी एवं आन्तरिक मूल्यांकनतर्फ सी ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here