माघ १७ – आन्तरिक विवाद चर्किएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर र उमपेयरबीच सडकमै हात हालाहाल भएको छ ।नगरपालिकाले भर्खरै खुलाएको विज्ञापनमा करारमा कसका कति कर्मचारी राख्ने र कसको पहुँच कति हुने भन्ने विषयमा मेयर कमलबहादुर शाही र उपमेयर गणेशबहादुर शाहीबीच विवाद भएको थियो । दुवै जनाले अडान नछोड्दा झडपको अवस्था आएको कर्मचारीले बताएका छन् ।
शुक्रवार राति अबेर सडकमै हात हालाहाल गरेका मेयर र उपमेयरले आज आइतवार बिहान ११ बजे फेरि नगरपालिका भवनबाहिर झगडा गरेका प्रत्यक्षदर्शीले बताएका छन् । मेयरले पुराना कर्मचारी सबै हटाउन नमानेका र उपमेयरले करारका सबै कर्मचारी हटाएर नयाँ विज्ञापन गर्नुपर्ने अडान लिएपछि झडपको अवस्था आएको हो ।