जनकपुर– धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४, कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका धनुषा मुखियापट्टीका ४४ वर्षीय विजयकुमार साहको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा आइतबार बिहान पौने ४ बजे मृत्यु भएको हो। प्रहरीका अनुसार कुकुरलाई बचाउने क्रममा गए राति ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here