काठमाडाैं । यतिबेला सामाजिक सञ्जालमा पाकिस्तानी संसद् जरताज गुलकाे एउटा भिडियो भाइरल भइरहेको छ । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका पूर्वक्याबिनेट मन्त्री समेत हुन् ।
जुन ३० मा बसेकाे संसद बैठकमा गुलले राष्ट्रिय सभाका सभामुख अयाज सादिकलाई बोल्दै गर्दा उनको आँखामा हेर्न भनेकी थिइन् ।
राष्ट्रिय सभाका सभामुख सादिक र सांसद् गुलबीचको कुराकानी निकै रोचक छ । संसदमा गुलले आफ्नो धारणा राख्दै भनिन् ,‘सभामुख महोदय, म तपाईंको ध्यानाकर्षण चाहन्छु ।’
त्यसपछि सभामुख सादिकले भने ‘भन्नुस् न, प्लिज’ । यसपछि सांसद् गुलले ‘मेरो लिडरले मलाई आँखा आँखा मिलाएर कुरा गर्न सिकाउनुभएको छ । महोदय, आँखामा हेर्नु भएन भने म बोल्न सक्दिनँ ।’ उनको यो जवाफ सुनेर सभामुखले ‘म सुनिरहेछु तर आँखामा हेर्दिन, मैले महिलाको आँखामा हेर्ने गरेको छैन,’ भन्ने जवाफ दिए ।
यो भिडियो सामाजिक सञ्जालमा अहिले निकै भाइरल भइरहेको छ ।
पाकिस्तानमा यस वर्ष भएको निर्वाचनमा गुल डेरा गाजीबाट पुनः निर्वाचित भएर विधानसभामा पुगेकी हुन् ।