काठमाडाैं । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा आज निर्वाचन प्रक्रिया सुरू हुँदैछ । अध्यक्षका लागि माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले दाबी कायमै राखेका छन् ।

माधवकुमार नेपालले एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको दाबी गर्दै आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका छन् ।

यता महासचिव भुसालले पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । सहमति नभए अध्यक्षका लागि यी दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै,महासचिवका लागि उपमहासचिव गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा आकांक्षी छन् ।

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उमेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची बिहीबारलाई तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका निर्माण गरेको छ ।

महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । एक हजार ८४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here