काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि उनीहरू बिहीबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न गएका हुन् ।

पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायतका नेता प्रधानमन्त्रीसँगको परामर्शमा जुटेका छन् । भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तय भएकाे । प्रधानमन्त्रीको धारणापछि राजीनामा बुझाउने उनीहरूको तयारी छ ।

उपसभापति अर्यालले भने,‘हामी राजीनामा दिन तयार छौँ । तर विकसित घटनाक्रमबारे प्रधानमन्त्रीसँग परामर्श गर्नुपर्‍यो । उहाँका कुरा सुनेपछि हामी आफ्नो ढंगबाट अघि बढ्छौँ ।’

सरकारमा रास्वपाका तर्फबाट सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here