काठमाडौँ । नेकपा(एमाले) का सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले बीआरआई परियोजनाको सम्बन्धमा विभिन्न टिप्पणीहरु हुने गरेको भन्दै सरकारले सम्झौता गरिसकेको कुरालाई कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले सम्झौता कार्यान्वयन गर्ने कुरा दुई देश बिचको विश्वसनीयतासँग पनि सम्बन्धित भएको बताए । ‘दुई देशबिचको महत्वपूर्ण योजना हो । जसले नेपालको विकासमा धेरै ठुलो महत्व राख्छ । जुन एमओयुमा सम्झौता भएको छ, नेपालको हितलाई ध्यानमा राखेर अहिलेको सरकारले कार्यान्वयनसम्बन्धी जुन सम्झौता छ, यसलाई नेपालको हितमा अगाडी बढाउनुपर्छ । यसमा दुई मत छैन । त्यसको लागि दुई देश बिचको विश्वसनीयताको कुरा हो ।’भारत लगायतका देशहरुसँग गरिएका सम्झौताहरुलाई पनि कार्यान्वयन गर्नुपन बताए ।