काठमाडाैं । बेलायतमा आज आमनिर्वाचनका लागि मतदान हुँदैछ । आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक र विपक्षी लेबर पार्टीका नेता कीर स्टर्मरबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको अन्ताराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । बेलायतमा बिहीबार हुन लागेको आम चुनावमा उत्रिएका यी तीन ठुला नाममाथि विश्वको नजर रहेकाे छ ।
सन् २०१९ डिसेम्बरपछि हुन लागेको चुनावमा बेलायती मतदाताले बेलायती संसद हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद् निर्वाचित गर्नेछन् । आज साँझ मतदान सकिएलगत्तै मतपेटिका संकलन गरी तत्काल मतगणना सुरु हुने जनाइएको छ । पहिलो सिटको नतिजा झन्डै एक घण्टापछि आउने र बहुमत सिटको नतिजा शुक्रबार बिहान ९ बजेअघि घोषणा हुने अनुमान गरिएको छ ।
राजनीतिमा डेढ दशकदेखि सत्तामा रहेको कन्जरभेटिभ दलका नेता तथा वर्तमान प्रधानमन्त्री ऋषि सुनक भने आफ्नो दोस्रो कार्यकालका लागि चनावी मैदानमा उत्रीएका छन् । तर, यसपटक उनको लागि बाटो निकै कठिन रहेको सर्वेक्षणले देखाएका छन् । सन् २०२२ को अक्टोबरमा बेलायतको प्रधानमन्त्री बनेका भारतीय मूलका सुनकले बेलायतमा बढ्दो मुद्रास्फीति नियन्त्रण गरेको दाबी गर्दै आएका छन् । तर उनीमाथि कयौँ वाचा पूरा नगरेको आरोप समेत लाग्दै आएको छ । उनी बेलायतका पहिलो एशियाली र हिन्दू प्रधानमन्त्री समेत हुन् ।
केयर स्टार्मर सुनकका प्रमुख प्रतिद्वन्द्वी हुन् । उनी इंग्ल्याण्डको सार्वजनिक अभियोजन कार्यालयका पूर्वनिर्देशक तथा सन् २०२० अप्रिलदेखि लेबर पार्टीका नेता हुन् । बेलायती जनताले १४ वर्षमा पहिलो पटक लेबर पार्टीलाई सत्तामा फर्काउने अपेक्षा गरेका छन् । उनी स्वतन्त्रताका लागि अभियान चलाइरहेको स्कटिस नेसनल पार्टी, लिबरल डेमोक्र्याट, बेलायत र उत्तरी आयरल्याण्डबीचको सम्बन्ध कायम राख्न खोज्ने डेमोक्र्याटिक युनियनिस्ट पार्टी र ब्रेक्जिट अभियानकर्ता नाइजेल फराजको नेतृत्वमा रहेको न्यु रिफर्म पार्टी प्रमुख दाबेदारका रूपमा चुनावी मैदानमा छन् ।
त्यस्तै,युरोपेली संसदका पूर्व सांसद् ६० वर्षीय निगेल फराजलाई बेलायती राजनीतिको सबैभन्दा विभाजनकारी नेतामध्येमा गनिन्छ । सन् २०१६ मा युरोपेली संघ (ईयू)बाट बेलायतको बाहिगर्नमनबारे भएको जनमत संग्रहमा बहुमत बेलायतीलाई बर्हिगमनको पक्षमा मतदान गर्न मनाउन मद्दत गरेपछि पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फराजलाई मिस्टर ब्रेक्जिटको उपनाम दिएका थिए ।
आज हुने निर्वाचनमा उनी ८ औँ पटक सांसद् बन्ने प्रयासमा छन् । उनी चरम दक्षिणपन्थी रिफर्म युके पार्टीको प्रमुख हुन् । रिफर्म युके पार्टीले धेरै प्रमुख सिटमा कन्जरभेटिभ पार्टीलाई नोक्सान पुर्यfउन सक्ने धेरै सर्वेक्षणले दाबी गरिरहेका छन् । उनीमाथि जातीय र समलिंगी विरोधी भनाई दिएको आरोप लाग्ने गरेको छ ।
बेलायती प्रधानमन्त्री सुनकले जुलाई ४ मा आमनिर्वाचन घोषणा गरेर धेरैलाई चकित पारेका थिए ।