काठमाडाैं- बैंक अकाउन्ट ह्याक गरी रकम निकालेकाे आराेपमा आठ जना पक्राउ परेका छन्। ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालकाे एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ्क खाता ह्याक गरी चार लाख रुपैयाँ निकालेकाे आराेपमा आठ जना पक्राउ परेका हुन् । ढकालले रकम चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थियाे ।
उजुरीको आधारमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेष कुमारलाई काठमाण्डौ र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ परेका छन ।
उनीहरुको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटीएम कार्ड पनि बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बैंकिङ्क कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ