काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। उक्त बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुनेछ। यता पछिल्लो समय निर्वतमान गृहमन्त्रीका कारण सत्तारुढ गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्री पार्टीका सभापतिले फेरि गृह मन्त्रालय आफैंले पाउनुपर्ने दाबी गरिरहँदा सत्ता साझेदार दल राप्रपाले भने केही बोलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here