काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्य समिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदैछ । उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले बताए । त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

लेखकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको बताएका छन । उनले प्रधानमन्त्रीबाट आउने प्रस्तावका आधारमा कांग्रेसले थप निर्णय गर्ने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here