काठमाडौँ – नवनिर्वाचित राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ लिएकी छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपतिको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई शपथग्रहण गराएका हुन् ।
शपथ सकिएपछि अब अर्यालले संघीय संसद् सचिवालय सिंहदरबार पुगेर पद बहाली गर्ने कार्यक्रम छ । उनी सोमबार संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो । माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।