काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीले राजीनामा दिने भएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रास्वपाका मन्त्रीले राजीनामा बुझाउन लागेका हुन् ।
सरकारमा सहभागि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।
रास्वपाले कांग्रेस–एमाले गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेकाे छ ।
त्यस्तै नेकपा एमालेका मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा बुझाएका थिए ।