काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकाे छ । बुधवार बसेको केन्द्रीय कमिटी बैठकले ढकालको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकमा महामन्त्रीको प्रतिवेदन सार्वजनिक नगर्ने बहुमत सदस्यको अभिमत भएनि पार्टी सभापति रवि लामिछानेले प्रतिवेदन सार्वजनिक गर्न पुनः प्रस्ताव गरेको पार्टीको निर्णयमा भनिएको छ । महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरियो ।
पार्टी बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्नुपर्ने आफ्नो माग पारित नभएपछि महामन्त्रीले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको भन्दै कालो पट्टी बाँधेर बैठकमा सहभागी भएका थिए ।
बैठकको निर्देशन बमोजिम सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्रीले पेश गरेको समीक्षा प्रतिवेदन वाचन गरेर प्रस्तुत गरेका थिए ।
