काठमाडौँ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा राजन कार्की छानिएका छन् । प्रतिष्ठानको दोस्रो अधिवेशनमा कार्की पूर्ण परियारलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितीय उपाध्यक्षमा प्रेमराज अधिकारी र महिला उपाध्यक्षमा मञ्जु विकलाई छानेको छ ।