काठमाडाैं । संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा बालुवाटारमा शीर्ष तहको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।

त्यस्तै बैठकमा मुख्य सचिव डा.वैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय सहभमगी हुनेछन् ।

सभामुख देवराज घिमिरेले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहे पनि सहमति जुट्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here