काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी सेवालाई जबाफदेही एवं प्रभावकारी बनाउँदै मुलुकमा शान्ति सुव्यवस्था, सीमा सुरक्षा र सीमा अपराधलाई नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्न लागिएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विधेयकमाथि सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले प्रस्तुत विधेयकमा सशस्त्र प्रहरी ऐन, २०५८ तथा सशस्त्र प्रहरी नियमावली, २०७२ का प्रावधानहरूलाई धेरै हदसम्म मिलाइएको दाबी गरे । मन्त्री लेखकले विधेयकमा सशस्त्र प्रहरी बल नेपाललाई आवश्यक पर्ने हातहतियार तथा खरखजना नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गरिएको स्पष्ट पारे ।

विधेयकमाथि सोमवार ५१ जना सांसदहरुले धारणा राखेका छन् । अधिकांश सांसदरुले सशस्त्र प्रहरीको सञ्चालन प्रमुख जिल्ला अधिकारीलाई दिनु नहुने धारणा राखेका छन् । नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको कार्यादेश स्पष्ट हुनुपर्ने उनीहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here