काठमाडौँ । चितवनमा नवौँ फर्मा एक्स्पो २०२४ सुरु भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौँ फर्मा एक्स्पो सुरु भएको हो । चितवन एक्स्पो सेन्टर भरतपुरमा शुक्रवारदेखि सुरु भएको एक्स्पो २५ गतेसम्म चल्नेछ ।
एक्स्पोमा १६० वटा स्टल रहेका छन् । एक्स्पोमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत ९ देशले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थ र नेपाली उद्योगले बनाएका औषधिका स्टल समेत राखिएका छन् । एक्स्पोको करिब २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।