काठमाडाैं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गर्दै ह्यारिस राष्ट्रपतिको उम्मेदवार चुनिएकी हुन् ।
उनले शुक्रबार २ हजार ३ सय ५० डेमोक्र्याटिक प्रतिनिधिको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनेकी हुन्।
उनले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित गरेको बताइन्।
ह्यारिस प्रमुख अमेरिकी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट हुने पहिलो अश्वेत र दक्षिण एसियाली मूलकी महिला हुन्।
नोभेम्बरमा हुने चुनावमा उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन्।
राष्ट्रपति जो बिडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राख्दै कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेका थिए।