काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्वामु लामा तामाङले हवाई सेवा यति बेवारिसे किन बनाइएको हो भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले बिहीबार बेलुका बुद्ध एयरको पाङ्ग्रा जनकपुरमा छुटेर प्लेन काठमाडौँमा पुग्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरेकी छन् ।

उनले भनिन्, ‘हाम्रो हवाई क्षेत्र यति बेवारिसे किन बन्यो रु यो गम्भिर चिन्ताको विषय बनेको छ । प्राविधिक पक्ष यति कमजोर छ, कहिले उड्दाउड्दै प्लेनमा धुवाँ निस्कन्छ, कहिले पाङ्गा फुस्किन्छ, कहिले उड्दाउड्दै झ्याल खुल्छ । प्राविधिक कारणले सर्पोटमै ठुलो दुर्घटना हुन्छ । मानवीय र भौतिक क्षति हुन्छ तरपनि सुधार आउँदैन । यो के भएको हो रु विमान दुर्घटापिच्छे छानबिन समिति बन्छ, प्रतिवेदन आउँछ कर्मकाण्ड पुराहुन्छ, अवस्था भने जहाँको त्यही ।’

नेपालको आन्तरिक र अन्तराष्टि«य दुवै हवाई सेवा भरपर्दो नरहेको सांसद लामाको भनाइ छ । उनले हवाई क्षेत्र अस्तव्यस्त भएकाले व्यापक सुधारको आवश्यकता रहेको बताइन् ।

अहिले कमिसनको भरमा नक्कली सामान राखेर प्लेन जस्तो संवेदनशील साधनमाथि खेलबाड गर्ने, देशको पहिचान र यात्रुको जीवनसँग जोडिएको हवाइयात्रा सुरक्षित पार्नुको साटो सुपरग्लुले प्लेन टाँसेर उडाउने अवस्था रहेको उनको आरोप थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here