काठमाडौँ । मंगलबार बिहान नौ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठकको समय सरेको छ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नामबारे निर्णय गर्न बोलाइएको बिहानको बैठक दिउँसो ३ बजे बस्नेगरी सरेको हो ।

सोमबारको बैठक पनि सांसदहरू अनुपस्थित नहुँदा स्थगित भएको थियो । समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरिसकेको छ । भट्टराईको नाम सिफारिस भएको आजै ४५ दिन पुग्दै छ ।

यस्तो अवस्था समितिले आज निर्णय गर्नुपर्ने बाध्यता छ । भट्टराईको स्नातक तहको प्रमाणपत्र उपलब्ध नभएको भन्दै उनको नाम अनुमोदन हुन सकेको थिएन । यसअघि भट्टराईले आफूलाई असोज ११ गतेसम्मको समय दिन माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here