काठमाडौं । वीरेन्द्रनगरमा मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८, का नचिन चन्द र सप्तरीको कन्चनपुर नगरपालिका–४, का देवा सारदार रहेका छन् । उनीहरूले वीरेन्द्रनगर नगरपालिका–३, का सूर्यबहादुर बस्नेतको घरमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेका थिए ।
आइतबार राती चोरी गरेका उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–३ को तातापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । देवा सरदारले मोटरसाइकल चलाई लगिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मण शाहीले बताए । ऊनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।