काठमाडौं । चितवन र नवलपरासी पश्चिममा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने ५३ वर्षीय ओम बहादुर सार्की आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-२ गुदरीयास्थित सार्वजनिक चौतरीमा अन्दाजी ४० वर्षीय पुरूष पनि मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।