काठमाडाैं । आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
भारत र दक्षिण अफ्रिकाकोबीचकाे खेल नेपाली समय अनुसार राति ८:१५ बजे वेस्ट इण्डिजकाे केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ ।
दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनल पुगेको हो । दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो ।
भारतले १० वर्षपछि टी-२० विश्वकपको फाइनल खेल्दैछ । यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो ।
दक्षिण अफ्रिका विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५६ रनमा समेटेकाे हो । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले ५७ रनको लक्ष्य ८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो ।
दोस्रो सेमिफाइनलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटिएको थियो ।
भारत र दक्षिण अफ्रिका दुवै टिम समूह चरणमा कुनै हारको सामना नगरी फाइनल पुगेका हुन् ।


























