काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले ट्रफी उचालेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि उचालेको हो ।
त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरे ।