काठमाडौ – प्रतिक्षित फिल्म ‘छक्कापञ्जा ४’ को ट्रेलर सार्वजनिक भएको छ । जुन ट्रेलर यतिबेला ट्रेन्डिङ १ मा छ । ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यहरुले प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा फिल्ममा गाउँको चुनावको परिवेश, गुड्डाको राजनीतिक यात्रा र राजनीतिकले निम्त्याएको समस्या फिल्मले देखाउने अनुमान गर्न सकिन्छ । ट्रेलरमा सार्वजनिक हुन बाँकी गीत ‘सिरुपाते जुगाँ’ ले पनि प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान गर्न सकिन्छ ।

दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, केदार घिमिरे लगायत कलाकारको अभिनय रहेको फिल्म हेमराज बीसीले निर्देशन गरेका हुन् । राजनीति र समाजिक विषयमा निर्माण भएको फिल्म कमेडी जनरामा बनेको हो । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको प्रदर्शन मिति १९ फागुन तय गरिएको छ । फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here