काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दङ्ग परेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेप्रति इङ्गित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दङ्ग परेको दाबी गरे । 

उनले नेकपा एमालेले अतितमाआश्वासन दिएका व्यक्तिलाई सेन्टिफ्ल्याट खुवाउने बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरूलाई देखाइदिएको बताए । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने बताए ।  उनले भने, ‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दङ्ग परेका छन् । किनभने दङ्ग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । को को सेन्टीफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढङ्गले अघि बढिरहेको छ । मैले सङ्केत मात्रै गरेको हो । हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भूमिका छ । के मूल्य छ, यिनीहरूको भन्नेहरू भन्दै गरुन्, हन्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भूमिका खेल्छौँ । हामी कसैको पक्षपोषण गर्दैनौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here