काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली बिहान सार्वजनिक गर्ने भएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने भएकाे हाे ।
बोर्डले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । केही प्राविधिक तयारी नपुगेको भन्दै बिहीबार सार्वजनिक गर्न लागिको हो ।
गत चैतमा भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।