काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज सभापति देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

भेटका क्रममा समसामयिक राजनीतिबारे छलफल भएको छ । छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा सहभागी थिइन् ।

कांग्रेस र एमालेबीच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here