काठमाडौँ । काठमाडौँको बानियाँटारबाट प्रहरीले लागुऔषध खैरो हेराइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया घर भएर टोखा नगरपालिका–८ मा बस्ने १९ वर्षीय भरत बोहरा र मोरङ घर भएर टोखा बस्ने २६ वर्षीय तुलाराम चौधरी छन् ।

आरोपीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए । उनीहरुले लागु औषध बेच्न प्रयोग गर्ने बा।९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । उनीहरू विरुद्ध लागु औषध मुद्दामा म्याद लिएर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here