Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौं– गीतकार, निर्देशक डि .आर. सुजनको नयाँ गीत “उडेको चरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सोही अवसरमा टेलि श्रृङ्खला सेतो घरको पनि ट्रेलर सार्वजनिक गरिएको थियो । बिमोचन कार्यक्रममा डि. आर. सुजनको अध्यक्षता रहेको थियो भने नागरिक उड्यन तथा पर्यटनबिद डा. लेखनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बरिष्ठ कलाकार बिधा कार्की, बरिष्ठ कलाकार लक्ष्मण बिक्रम बस्नेत, प्रस्तोता समाजका अध्यक्ष शिब हमाल, कलाकार नन्दराम बादी, कलाकार पार्वती बादी, लोकप्रिय गायिका देबी घर्ती, नायिका सबिना कार्की, नायिका रोशनी कार्की, अधिवक्ता भिम प्रसाद पौडेल, प्रिया पोखरेल, सुर्य ओली लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रममा राज कुमार रायमाझीले कार्यक्रम सञ्चालन गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” रहेका थिए । कार्यक्रममा सेतो घर की नायिका प्रिया पोखरेलले स्वागत मन्तब्य राखेकी थिईन् ।
“उडेको चरी” नामक गीतमा लोकप्रिय गायिका देबी घर्तीको स्वर रहेको छ भने डि.आर. सुजनले स्वरमा साथ दिएका छन् । यस गीतमा डि.आर. कै शब्द, संगीत रहेको छ । बहुप्रतिभाका धनी ब्यक्तित्व डि.आर. सुजन कै निर्देशन रहेको छ भने रेशम दर्लाको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा डि.आर. सुजन, रोशनी कार्की, सुर्य ओली, प्रिया पोखरेल, अर्जुन कार्की, नन्दराम बादी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । उडेको चरी गीतको भिडियोमा सुदुरपश्चिममा रहेका बादी समुदायका यथार्य घट्ना र पिडाहरुलाई चित्रण गर्न खोजिएको छ । बादी समुदायमा छोरीलाई अर्काको घरमा छोडेर, देह ब्यापार तथा यौन ब्यवसायमा संलग्न गराई पैसा कमाउने र जिविकोपार्जन गर्ने प्रचलन छ । अझै पनि यो परम्पराको अन्त्य हुन सकेको छैन । यही कथामा आधारित रहेर बादी समुदायका अन्य क्रियाकलाप र पिडालाई चित्रण गर्न खोजिएको छ ।


























