चितलाङ। सलोन सलिना फिल्सम्को प्रस्तुतिमा डकुड्रामा ‘हामी छौँ (सिजन १)’को सुटिङ सुरु भएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामाको बुधबार चितलाङबाट छायांकन सुरु भएको हो ।

डकुड्रामा आगामी दसैँमा ओटिटी प्लेतफर्मबाट रिलिज गर्ने गरेर निर्माण हुन लागेको हो । ७ एपिसोडमा प्रसारण हुने सिरिजमा सलिना बस्नेत, आर्यन पौडेल, त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरि र गणेश बुढाथोकी लगायतको अभिनय रहनेछ ।

देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाउन लागिएको प्रस्तुतकर्ता शोभित बस्नेतले बनाइए । डकुड्रामाको बिषयका लागि सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको ।

रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन रहेन डकुड्रामा लमजुङपछि अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ । सुटिङ अवधि ४५ दिन तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here