काठमाडाैं । चीनले विश्वको सबैभन्दा ठूलो सौर्य ऊर्जा प्लान्ट (३.५ गिगा) सफलतापूर्वक ग्रिडमा जोडेको छ । उक्त सौर्य ऊर्जा प्लान्ट चीनकाे उत्तरपश्चिम सिनजियाङको मरुभूमिमा ३२,९४७ एकडमा फैलिएको छ । 


८०९ वर्ग किलोमिटरमा फैलिएको सोलार पार्कले वार्षिक ६.०९ टेरावाट-घण्टा बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमले उल्ले गरेका छन् । सौर्य ऊर्जा प्लान्टकाे उत्पादनले लक्जमबर्गको आकारको राज्यको ऊर्जा आवश्यकता पूरा गर्दै करिब तीस लाख चिनिया घरधुरीरलाई ऊर्जा आपूर्ति गर्न सक्छ ।


चीन कार्बन उत्सर्जन र जीवाश्म ईन्धन उद्योगमा सबैभन्दा ठूलो योगदानकर्ता हो । द इकोनोमिस्टका अनुसार यस वर्षको मार्चमा १४ महिनामा पहिलो पटक कार्बन उत्सर्जनको स्तर घटेको छ ।

जसले चीनको नवीकरणीय ऊर्जा क्षेत्रलाई विस्तार गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाउँछ ।




LEAVE A REPLY

Please enter your comment!
Please enter your name here