वीरगञ्ज–  भालुको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका-३ रामनगरमा श्रीमान श्रीमती घाइते भएका छ्न्। घाइतेमा हुनेमा  रामनगरका बिबिलाल लोप्चन र उनकी श्रीमती सुकमाया तामाङ रहेका छन।

जंगलबाट घाँस लिएर फर्कने क्रममा भालुले सुकमायालाई आक्रमण गरेको थियो। उनलाई बचाउन गएका उनका श्रीमान बबिलाल पनि भालुको आक्रमणमा परी घाइते भएको लामाले बताए।

जंगलबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ भने श्रीमान बिबिलालको अवस्था सामान्य रहेको छ। घाइते दुवै जनाको नारायणी अस्पताल, वीरगञ्जमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here