काठमाडाैं । नेकपा एमालेले आज जननेता भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदैछ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशसनले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।
नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए । विसं २०४९ माघ १४ देखि २० गते सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ ।
वि.सं.२०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।