काठमाडाैं । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले उपाधि जितेको छ । भारतले सन् २००७पछि पहिलो पटक टी-२० विश्वकप उपाधि जितेको हो ।

इण्डिजकाे केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । १७७ रनकाे लक्ष्य पछ्याएकाे दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो ।

भारतकाे जितका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्काकाे मद्दतले सर्वाधिक ७६ रन बनाए । कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए । ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव ३ रन जोडेर आउट भए । त्यस्तै अक्षर पटेलले ३१ बलमा ४७ रन बनाए । शिवम दुवेले २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले २७ बलमा २ चौका र ५ छक्काकाे मद्दतले ५२ रन बनाए । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ४ चौका र १ छक्काकाे मद्दतले ३९ रन बनाए । ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए तर टोलीलाई जित दिलाउन सकेनन् ।

भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए । अर्शदीप सिंह र जसप्रित बुमराहले २-२ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here