Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले सरकारले अहिलेको नीति तथा कार्यक्रममा केही नयाँ योजनाहरु समावेश गरी नयाँ मोडलमा जान खोजेको बताएकी छिन् ।
आइतबार काठमाडौंमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको समृद्धिको आधार : सम्मानित किसान र कृषिमा रुपान्तरण नीति सम्वाद कार्यक्रममा उनले सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा, कृषिमा लगानी दशक जस्ता नयाँ योजनाहरु समावेश गरेर नयाँ मोडलमा जाने प्रयत्न गरेको बताइन् ।

‘हिजोको परिस्थिति भन्दा आज हामी फरक ढंगले अगाडि बढिरहेको अवस्था छ । कयौँ चिजमा सुधार पनि भएको छ । सुधार नभएको होइन् । कयौँ चिजमा नयाँ मोडलमा पनि जान खोजेको छौँ । मलाई लाग्छ अहिलेको नीति तथा कार्यक्रममा केही नयाँ योजना पनि समावेश भएको छ । बजेट वक्तव्यमा केही नयाँ योजना समावेश भएको छ ।’ उनले भनिन्,‘ राष्ट्रिय फल सुन्तला पुरानै थियो त ? अहिले राष्ट्रिय फलको रुपमा हामीले घोषणा गरेको छौं । त्यतिमात्र होइन्, खाद्य स्वस्थ गुणस्तर विधेयक जो केही परिमार्जन गरेर संशोधन गरेर ल्याएको अवस्था छ । त्यतिमात्र होइन्, कृषिमा लगानी दशक २०८१ देखि २०९१ सम्मको यो पुरानै हो त? त्यसैले नयाँ कुरालाई पनि नयाँ तरिकाले कुरा गर्दा जायज हुन्छ कि ।’

मन्त्री साहले कृषि क्षेत्रमा पहिला भन्दा झन् बजेटको सिलिङ घटेर आएको भन्दै मन्त्रीले बजेट दिनुभएन भन्ने गलत भाष्य निर्माण भएको बताइन् । झण्डै आधा बजेट मल मानै जाने भएकाले साढे ११ अर्ब हाराहारी बजेटले मात्रै देश चलाउनु परेको उनको गुनासो छ ।
उनले भनिन्, ‘सिँचाईको लागि मैले थप माग गरेको थिए । त्यो अनुसार बजेट आएन । अझ सिलिङ घटेर आयो । पहिला साठ्ठी अर्ब थियो भने अहिले झन् घटेर ५७ अर्ब २९ करोडमा आयो । कृषि मन्त्रालयमा झन बढ्नुपर्ने घटेर आयो । तर म के भन्न चाहन्छु भने हाम्रो भित्रको सांसदहरुको पनि भनाई मन्त्रीले बजेट दिनुभएन भन्ने छ । तर सबै बजेट मलमा जान्छ । जम्मा साढे ११ अर्ब हाराहारी बजेटले देश चलाइरहेको छु । २७ अर्ब ९५ करोड मलमा जान्छ बाँकी मन्त्रालयको प्रोजेक्टहरुमा प्रयोग हुन्छ ।’



























