काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरानतर्फ प्रस्थान गरेका छन् ।

एसिया को-अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रको विदेशमन्त्रीस्तरीय १९औँ बैठकमा सहभागी हुन् उनी इरान प्रस्थान गरेका हुन् ।

भ्रमणमा क्रममा उनलेले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीसँग द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

एसीडी सदस्य राष्ट्रमा नेपालसँगै अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन, रुस, बंगलादेश, भारत, चीन, थाइल्याण्ड, इण्डाेनेसिया , जापान, कतारलगायत ३५ देश रहेका छन् ।

उनी बुधबार स्वदेश फर्किनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here