काठमाडौँ । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ स्थित डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको  छ।

आइतबार साँझ आफ्नै घरमा बसिरहेको अवस्थामा पन्थलाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here