काठमाडौँ । प्रतिनिधि सभाको बुधबारको बैठकमा  ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् ।

जारी बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीका छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन् ।

यसैगरी सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्‘ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।आजको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here