काठमाडौँ । बजेटको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दलहरुबिच टसल हुँदा प्रदेशसभा बैठक प्रभावित बनेको छ । बुधबार (आज) दिउँसो तीन बजेटका लागि बोलाइएको प्रदेशसभा बैठक दलहरुबिच कुरा नमिल्दा बस्न नसकेको हो । यसअघि बुधबार र बिहीबार कांग्रेसले सदन अवरुद्ध गरेको थियो । बिहीबार सभामुख नन्दा गुरुङले प्रदेशसभा बैठकको कारबाही प्रारम्भ नगर्दै कांग्रेस सांसदहरूले बाहिरिएका थिए ।
मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसको उक्त गतिविधिलाई संसदीय इतिहासको नयाँ अभ्यासका रूपमा चर्चा गरेका छन् । कांग्रेसले बिहीबारको बैठक बहिष्कार गरेपछि सभामुख गुरुङले प्रदेशसभा बैठक असार १२ गतेसम्मका लागि स्थगित गरेकी थिइन् । यद्यपि सत्ता र प्रतिपक्षबिच समझदारी नहुँदा बैठक बस्न नसकेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । यद्यपि अहिले सर्वदलीय बैठक भने बसिरहेको छ । बजेटप्रति प्रतिपक्ष मात्रै हैन सत्तापक्षका अधिकांश सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।


























