काठमाडौं – मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा गुल्मीको क्षेत्र नं २ को २ मा पराजित भएका माओवादी नेता बुद्धि जिसी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जनसम्पर्क विज्ञमा नियुक्त भएका छन् । पार्टीको गुल्मी अध्यक्षमा रहेका उनी एमाले नेता दिनेश पन्थीसँग पराजित भएका हुन् ।

त्यसै गरी रुपन्देहीको क्षेत्र १ को २ बाट पराजित भएका एमाले नेता दधिराम न्यौपाने लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको मुख्य राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् । एमाले पोलिब्युरो सदस्य न्यौपाने कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाकसँग पराजित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here