काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतबार सत्तारुढ दुई दलका नेताहरूबिच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताए । प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटेको विषयमा पनि सामान्य कुराकानी भएको बताइएको छ । शनिबार सभापति देउवा र ओलीबिच बालकोटमा भेटवार्ता भएको थियो । जसकारण पनि सत्ता समीकरणमा फेरबदल हुन लागेको आशङ्का गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here