काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।  शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । देउवा ओलीबीचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here