काठमाडौं– आगामी चैत ३ गते प्रदर्शन मिति तय गर्दै फिल्म ‘हुक्का’को पोस्टर सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘एन अब्जर्ड ड्रिम’ राखिएको फिल्मको फस्टलुक पोस्टरमा शीर्ष कलाकारहरु प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी फिचर्ड छन् ।

स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here